मकवानपुर । पत्रकार होम कार्कीकाे पुस्तक सनैयाकाे चर्चा मकवानपुरकाे हेटाैडामा भएकाे छ । कार्कीले विदेशी भूमिका नेपाली श्रमिक वर्गको भोगाइ समेटेर लेखेको पुस्तक ‘सनैया’ राजधानीमा सार्वजनिक भएकाे दुई हप्ता पछि लेखककाे गृह शहर हेटौंडामा चर्चा भएको हाे ।
हेटौंडामा साहित्यकार, पत्रकार, प्राध्यापक, राजनीतिक दल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूकाे उपस्थितीमा सनैया माथि समिक्षात्मक टिप्पणी सहित छलफल गरिएकाे हो । पुस्तकबारे टिप्पणी गर्दै मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाका प्राध्यापक घनश्याम घिमिरेले साहित्यिक कृति भन्दा धेरै यथार्थपरक दस्तावेज रहेको बताएका छन् ।
आलोचनात्मक समिक्षा गरेका घिमिरेले कृतिमा साहित्यिक रसको अभाव रहेको औंल्याएका छन् । उनले साहित्यकारहरुले खोज्ने कला नभेटिएता पनि नेपाली समाजको कहालीलाग्दो कथा भेटिने बताएका हुन । पुस्तक भएका १८ वटा अध्यायहरूबाट छुट्टाछुट्टै आख्यान जन्मन सक्ने बताउँदै घिमिरेले लेखक कार्कीलाइ साहित्यकारकाे रूपमा चिनाउन सुझाव दिए ।

यस्तै, समिक्षा कार्यक्रममा अर्का वक्ता साहित्यकार सुवास खनालले ‘सनैया’ पत्रकारहरुले गर्ने रिर्पोटिङलाई जोडेर ब्याख्या गरे । उनले एउटा पत्रकारले देखाउन सक्ने खाडी मुलुकका दुखान्तलाई कार्कीले किताब देखाउन सकेको दाबी गरे । उनले कृतिलाई एउटा दस्तावेज मात्रै नभई चलचित्र निर्माण गर्न सक्ने कथाको रुपमा ब्याख्या गरेका थिए । खनालले हरेक मान्छे साहित्यकार हुनै पर्छ भन्ने नभएकाेले जुन क्षेत्रमा अाफु लागिपरेकाे त्यस क्षेत्रमा अब्बल बनेर प्रस्तुत हुनु पर्ने बताए ।
सर्जक सञ्जाल मकवानपुरले अायाेजना गरेकाे कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले होम कार्कीको ‘सनैया’ले पत्रकारहरुको गौरव बढाएको बताए । उनले हरेक पेशाकर्मीहरुले ईमानदारिता काम गर्ने हो भने सामाजिक अवस्थमा परिवर्तन गर्न सकिने भन्दै लेखकले समाचारमा नअटाएका धेरै विषय पुस्तक मार्फत ल्याएको बताए ।
सनैया चर्चाकाे क्रममा अर्का वक्ता बैदेशिक राेजगारबाट फर्किएकी महिला प्रतिमा घिमिरेले सम्वभ भए वैदेशिक राेजगारमा नजान सुझाव दिइन् । साउदी, कतार,दुबै जाने अधिकांस श्रमिक महिला कामदार भारतकाे बाटाे हुँदै गएकाेले समेत दुख भाेग्न परेकाे घिमिरेले बताइन । भाग्यवस आफुले वैदेिशक राेजगारमा रहँदा समस्या भाेग्नुनपरे पनि अन्य श्रमिक महिलाकाे पीडा नजिकबाट नियालेकाे बताइन । गैरकानूनी बाटाेबाट वैदेशिक राेजगारमा जाँदा धेरै समस्या भाेग्नु पर्छ घिमिरेले भनिन् ।

पुस्तक लेखकले कतारमा पत्रकारिता गर्दा खाडी क्षेत्र ६ देशका ५ सय ४० जना बैदेशिक कामदारसँग गरेको कुराकानी र अन्तर्वार्तामा आधारित छ। १८ अध्यायमा बाँडिएको यो किताबमा आप्रवासी मजदुरहरूको उत्पीडन र संघर्षको चक्रलाई भिन्न–भिन्न पात्र र कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ ।
नेपाली मजदुरको बाहुल्य रहेको साउदी अरब, संयुक्त अरब इमिरेटस् (युएइ), कुबेत, ओमान बहराइन र कतारको औधाेगिक क्षेत्र (सनैया) को नामबाट पुस्तकको नाम जुराइएको हो। कतारकाे दोहा बसेर ४ बर्ष पत्रकारिता गरेका उनले कतार, साउदी अरब, बहराइन, ओमन र कुवेतबाट स्थलगत रिपोर्टिङ गरेका छन् ।
कार्कीले पुस्तकमा उजाड मरुभूमिमा सुन्दर जीवनको खोजी गर्ने र आफ्नो श्रमलाई रियाल, दिनार र दिराममा साटेर नेपाल पठाउने मजदुरको कथा समेटेका छन्। सनैया किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।

१८ बर्षदेखि पत्रकारितामा सक्रिय कार्कीले हेटाैडा स्कुल अफ म्यानेजमेण्टबाट पत्रकारितामा स्नातक गरी स्थानीय हेटाैडा सन्देश दैनिमा आबद्ध भएका थिए । पत्रकारिता बिषयमा स्नातकाेत्तर अध्ययनकाे लागि काठमाडाैं रहँदा कान्तिपुर मिडिया ग्रुपमा आबद्ध भएका कार्कीले सन् २०१२ देखि कतारबाट साप्ताहिक रूपमा शुक्रबार प्रकाशन हुने कान्तिपुर कतार संस्करणमा सन् २०१६ सम्म काम गरेका थिए ।
त्यस अवधीमा भेटिएका श्रमिक पात्र देखिएकाे कथा र भाेगिएकाे अनुभव समेटिएर सनैया प्रकाशन गरिएकाे लेखक बताउँछन् । कार्की विगत एक दशकदेखि श्रम तथा आप्रवासन क्षेत्रकाे वैदेशिक रोजगारीकाे अनुसन्धान तथा बहुआयामिक पाटाको रिपोर्टिङमा संलग्न रहदै अाएका छन् ।

