मकवानपुर । बागमती गाँउपालिका खेलकुद विकास समितिकाे आयाेजनामा मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकप अन्तरगत विहीबार भएको खेलमा थ्रीस्टार क्लब सशस्त्र प्रहरीकाे एपीएफलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
विहीबार १९ गते भएको खेलमा थ्रीस्टार क्लबले २-० गाेल अन्तरले एपीएफलाई पराजित गरेको हो । फापरवारी स्थित जनता माविको खेल मैदानमा भएको खेलको पहिलो हाफ बराबरी भएको थियो । खेलमा दोस्रो हाफमा थ्री स्टार ललितपुरका जर्सि नम्बर ७ का दिपेश घलेले खेलको ४० औँ गोल गरेका थिए । एपिएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन् ।

खेलका ४२ औं मिनेटमा पुनः दिपेशले गरेको गोल नै थ्रीस्टारको लागि निर्णायक गोल बन्न पुग्यो ।खेलमा उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टार क्लबकाम दिपेश घले म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तरगत चैत २० गते शुक्रबार अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन र जाबलाखेल युथ क्लब बीच पहिलाे सेमिफाइनलकाे खेल हुने छ भने चैत २१ गते दाेस्राे सेमिफाइनल खेल थ्रीस्टार क्लब र बागमती युवा क्लब बीच हुने आयाेजकले जनाएकाे छ ।

खेलकुद स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि भन्ने नाराका साथ संचालित प्रतियोगिताको फाइनल खेल चैत्र २३ गते हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०/१० हजार, म्यान अफ दि म्याचलाई प्रती खेलाडी ५/५ हजार प्रदान गरिने छ ।
प्रतियाेगितामा बागमती खेलकुद विकास समिति, नव जनजागृती युवा क्लब सिमरा, थ्रि स्टार क्लब, मकवानपुर–११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागीता जनाएका छन ।

