मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृती राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को विहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन (अरास) लाई हराउँदै फाइनलमा पुगेको छ ।
रक्षात्मक खेलेको आर्मीको लागि खेलको ६८ औं मिनेटमा आशिष शाक्यले गाेल गरेका थिए । शाक्यले गरेको गोल नै निर्णायक गोल बनेको हो । आर्मीको तुलनामा विदेशी टोली अरासले बलियो प्रदर्शन गरेता पनि फिनिसिङमा चुक्दा अरासले फाईनलको यात्रा गुमाउन पुगेको हो ।
यस अघी बुधबारकाे सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई हराउँदै आयोजक रिगल रिर्सोट मकवानपुर ११ फाईनलमा पुगेको छ । खेलमा ४–३ को गोल अन्तरले मछिन्द्रलाई हराउँदै मकवानपुर ११ ले घरेलु मैदानमा फाईनल खेल्ने पक्का भएको हो । चैत ७ गते शनिबार हुने फाइनलमा मकवानपुर ११ र त्रिभुवन अार्मी क्लब बीच स्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा गरिएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाईक भएको आयोजकले दाबी गरेको छ ।

