मकवानपुर । निर्वाचन आयोगले स्थगित गरेको मतदाता नामावली संकलन आज चैत्र ५ विहीबारदेखि पुन सुचारू गर्ने निर्णय गरेको छ ।
गत पुस ६ गतेदेखि स्थगित मतदाताको नामावली बिहिबार देखि पून सुचारु गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव मिति घोषणा भएपछि आयोगले मतदाता नामावली संकलन कार्य बन्द गरेर अद्यावधिक गर्ने काम शुरू गरेको थियो । पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरेका मतदातालाई १० हजार ६ सय ६० मतदान स्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ ।आयोगले १८ वर्ष उमेर पुगेका १ करोड ६२ लाख ४३ हजार मतदाताको अन्तिम नामावली अद्यावधि गरेको छ ।
आयोगले बिहीवार विज्ञप्ति जारी गर्दै आज चैत्र ५ देखि पुन: मतदाता नामावली संकल गर्ने जानकारी दिएको हो ।




