मकवानपुर । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबारबाट सेमिफाइनलको खेल सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र ए डिभिजन लिग विजेता मछिन्द्र क्लबबिच फाइनल प्रबेशका लागि खेल हुँदैछ ।
यसअघिको खेलमा मकवानपुर–११ले नवजनजागृती युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो भने मछिन्द्रले संकटा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । आजको खेलको विजेताले फाइनलमा भाेली चैत ५ गते हुने सेमिफाइनलकाे दाेस्राे खेल विभागीय टोलि त्रिभुवन आर्मी क्लब र अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनबिचको विजेतासंग उपाधिको लागि भिड्ने छन् ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्नेछ ।प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुने आयोजकले जनाएको छ ।

