मकवानपुर । मकवानपुर प्रहरीले कैलाश गाउँपालिकामा २० विगाहामा लगाइएकाे गाँजा खेती फडानी गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाको कमाण्डमा खटिएकाे संयुक्त प्रहरी टाेलीले उक्त परिणामकाे गाँजा फडानी गरी नष्ट गरेकाे हाे ।

बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट खटिएको ७० जनाको संयुक्त प्रहरी टोलिले माघ ८ गते कैलाशकाे वडा नं. ३ र ८ को कोथलिटार, फास्टार, कुनिले लगायतका विभिन्न स्थानहरुमा गरी कुल २० (बिस) विगाहा लागु औषध गाँजा खेति फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।

