मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काेराेना पुष्टि हुनेमा हेटाैडा उपमहानरपालिकाका २८ जना, थाहा नगरपालिकाका २ जना, मकवानपुरगढीका २ जना, बागमती गाँउपालिकाका २ जना र जिल्ला बाहिर पर्साका १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेला चाैलागाइले जानकारी दिए ।
मंशिर ७ गते संकलन भएकाे ६७ जनाकाे स्वाब तथा थप समेत गरी ७७ जनाकाे स्वाबकाे राती आएकाे नतिजामा ३५ जनामा संक्रमण पुष्टि भएको हाे । जसमा महिला १६ जना र पुरुष १९ जना रहेका छन् ।
मंशिर ७ गते पुष्टि भएकाे ३५ जना समेत गरी हालसम्म मकवानपुरमा काेराेना संक्रमित हुनेकाे संख्या ३ हजार ४ सय ९५ जना र २ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन् । कोरोनाको कारण हालसम्म २९ जनाले ज्यान गुमाएका छन् । हाल जिल्लामा ४ सय ९८ जना सक्रिय संक्रमित रहेकाे बताइएकाे छ ।

