मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयले ३७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । २०७७ कार्तिक २२ गतेदेखि २६ गतेसम्म ५ दिनमा उक्त संख्यामा फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला अदालत मकवानपुरबाट बिभिन्न मितिहरूमा भएको फैसलाले बिभिन्न मुद्दाहरूमा जरिवाना तथा कैद सजाय तोकी फरार रहेका प्रतिवादीहरुलाई प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।
फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिबाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुर उपस्थित गराइएको रानाले जानकारी दिए। निजहरुको ८ बर्ष ५ महिना १५ दिन कैद सजाय र ८० हजार ७५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेकोमा सम्मानित जिल्ला अदालत मकवानपुरको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय पठाउने तयारी भइरहेको प्रहरी प्रवक्ता रानाले जानकारी दिए ।

