मकवानपुर । मकवानपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे संख्या ३ हजार २ सय १२ जना पुगेका छन् । शनिबार विहान मकवानपुर काेराेना संक्रमित ३१ जना थपिए संगै संक्रमितको संख्या ३ हजार २ सय १२ जना पुगेको हो । जिल्ला जनस्वास्थ्य कार्यलयले दिएकाे जानकारी अनुसार जिल्लामा काेराेना संक्रमण पुष्टि भएका मध्य हालसम्म २ हजार ७९ जना संक्रमण मुक्त भएका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोनाको कारण २४ जनाको ज्यान गएको छ ।
जिल्लामा शनिबारसम्म १ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २५ जना आइसोलेसनमा र १ हजार ८३ जना घरमै होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

