मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वका अवसरमा भदौ २२ गते सोमबार सार्वजनिक बिदा दिएकाे छ ।
चेपाङ समुदायकाे न्वागी (छोनाम) पर्व भदौ २२ गते पर्ने भएकाेले प्रदेशकाे तीन जिल्ला मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना बमोजिम तीन जिल्लामा बिदा दिइएको जनाएको छ ।
बागमती प्रदेश राजपत्रकाे खण्ड ९ संख्या ९ भाग ३ मिति २०८२ चैत २३ गते सूचना बमोजिम प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा दिइएकाे मन्त्रालयका प्रवक्ता पदम ओझाद्वारा जारी गरिएकाे सूचनामा भनिएकाे छ ।
यससँगै चितवन, मकवानपुर र धादिङमा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। शुक्रबार कृष्ण जन्माष्टमी पर्वकाे बिदा परेकाे छ भने शनिबार र आइतबार नियमित सार्वजनिक बिदा रहेकाे छ ।

