मकवानपुर । बागमती प्रदेशको रसुवा जिल्लामा चिनको तिब्बत क्षेत्रबाट अकास्मात बाढी आएको छ। भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति बताइएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार भोटेकोशीमा चिनियाँ क्षेत्रबाट आएको ठूलो बाढीले गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ ।
भन्सार विभागमा के के भयो भन्ने कुरा जानकारीमै आएको छैन। भन्सारमा कार्यरत ७ जना सम्पर्कमा रहेको र अरुसँग सम्पर्क कोशिस जारी रहेको बताइएको छ । त्यहा कति कर्मचारी थिए भन्ने समेत हालसम्म एकिन छैन ।
सहायक सिडियो अधिकारीले तल्लो तटीय क्षेत्रमा पनि खबर गरिसकेको बताउनु भयाे । उहाँका अनुसार नुवाकोट र धादिङलाई पनि खबर गरिदिएको छ। बाढी अकल्पनीय र ठूलो रहेको अधिकारीले बताउनु भयो ।
मुख्मन्त्रीको अपिल
यसै बीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो सामाजिक सञजाल फेस बुक मार्फत सार्वजनिक अपिल गर्नु भएको छ । उहाँको अपिल यस्तो छ:

