मकवानपुर ।नेपाल उद्योग वाणिज्य महासंघकाे आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण सभाको मिति ताेकिए सँगै निर्वाचन तालिका बुधबार सार्वजनिक गरेकाे छ । महासंघले ३ ठाउँमा निर्वाचन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको हाे।
महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रम हरू गर्ने सूचनामा भनिएको छ। कोभिड १९ र सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पालन गर्दै भिन्दा भिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।
दुई दिन हुने साधारण सभामा १२ गते निर्वाचन हुने बताइएको छ। उक्त निर्बाचनकोलागि उम्मेद्वारहरुको मनोनयन पत्र बुधवार देखिनै दाखिला गर्न सकिने छ। दाखिला भएको मनोनयन पत्रको आधारमा उम्मेद्वारहरुको पहिलो नामावली मङ्सिर चार गते साँझ ६ बजे प्रकाशित हुने छ। उम्मेद्वारहरुका विरुद्धमा परेका दाबि विरोधको छिनोफानो पछि अन्तिम नामावली मङ्सिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ।

