मकवानपुर । मकवानपुरको हेटौंडा र बागमतीमा भएको सबारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
शुक्रबार हेटौंडा उपमहानगरपालिका १८ भक्तिचोकमा २ वटा मोटरसाइकल ठोक्किदा १ जना र बागमती गाउँपालिका ७ स्थित पाथिभरामा अटोलाई कारले ठक्कर दिदा १ जनाको मृत्युु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजे हेटौडा १८ भक्तिचोक स्थित हेटौंडा धरान चतरा सडक खण्डमा दुर्घटना हुँदा घाइते भएका नाम थर नखुलेको अन्दाजी ३६ वर्षीय पुरुष व्यक्तिको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी बागमती ७ पाथिभरा स्थित हेटौंडा धरान चतरा सडक खण्डमा रोकी राखेको अटोलाई कारले ठक्कर दिदा स्थानीय चिनी माया रुम्बा घाइते भइ उपचारको लागि हेटौडा अस्पताल ल्याइएकोमा डाक्टरले शुक्रबार दिउँसो साढे १ बजे मृत घोषणा गरेको प्रहरीले जनाएकी छ ।
प्रहरीका अनुसार हेटौंडा तर्फबाट फुर्केचौर तर्फ जादै गरेको ना ३९ प ३७५ नं. को मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको बा.प्र.०३-००५ प ७२१९ नं. को मोटरसाइकल हेटौंडा १८ भक्तीचोकमा एकआपसमा ठोक्किदा ५ जना घाइते थिए । घाइते मध्य १ जनाको उपचारको मृत्युु भएको थियो ।
बागमतीको पाथिभरा स्थित मदन भण्डारी लोक मार्गको सडक छेउमा रोकिएको ना २ ह ४५९२ नं.अटो लाई हेटौडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ३०८१ नं.को कारले ठक्कर दिएकोमा अटो चालक सहित ३ जना घाईते भएको प्रहरीले जनाएको छ । घाइते मध्य चिनीमायाको उपचारको क्रममा मृत्यु भएको हो ।
कार चालक काठमाडौ गोकर्णश्वर ६ बस्ने ३५ वर्षीय सुजना लामा (केही नभएको) इलाका प्रहरी कार्यालय फापरवारी नियन्त्रणमा रहेको बताइएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते भएकाको विवरण:
१. मकवानपुर बागमती गा.पा. ६ बस्ने वर्ष अं. ४० को अन्त बहादुर बी.सी.को दुबै खुट्टा, मुख टाउकोमा चोट अबस्था मध्यम ।
२. मकवानपुर हेटौंडा १८ बस्ने वर्ष अं.३५ को राजु थिङ दुबै खुट्टा, र मुखमा चोट अबस्था मध्यम ।
३. बा.प्र.०३-००५ प ७२१९ नं. मो.सा चालक – मकवानपुर हेटौंडा उ.म.न.पा. १८ बस्ने वर्ष अं. ३८ को सुर्यमणी खतिवडाको दुबै खुट्टा, बाया हात टाकोमा चोट अवस्था गम्भिर ।
४. हाल वतन नखुलेको वर्ष अं. १०/१२ को प्रशान्त वाईबाको मुख र खुट्टामा चोट अवस्था सामान्य ।
कारले अटोलाई ठक्कर दिदा घाइते भएकोहरुको विवरण:
१. अटो चालक मकवानपुर बागमती गा.पा.८ बस्ने बर्ष अं.२५ को यमन राई शरीरको बिभिन्न भागमा चोट अवस्था सामान्य सीएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको ।
२. अटोमा सवार बागमती गा.पा.७ शान्तीपुर बस्ने नानु राईको छोरा बर्ष अं.११ को सुबिन पुलामी मगर, शरिरको बिभिन्न भागमा चोट मध्यम सीएमसी चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको ।

