मकवानपुर । बागमती प्रदेश सरकार मातहत रहेको अस्पतालहरुले कोरोना भाईरस कोभिड–१९ को उपचार निशुल्क गरिरहेकाे छ । संघीय सरकारले कोरोना भाइरसको उपचार नागरिक स्वंयमले गर्नेु पर्ने बताइ रहँदा बागमती प्रदेश सरकारले आफ्ना मातहतमा रहेका अस्पताल र आइसोलेसन खर्च सरकारले गर्ने बताएको हो ।
प्रदेश सरकार अन्तर्गत रहेका ८ वटा अस्पताल र संचालित आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भइरहेको मुख्यमन्त्री डोरमणि पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र ती अस्पतालद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तहसँगकाे सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना सङ्क्रमीतहरुको उपचार निशुल्क भैरहेको दाहाले बताए ।
प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निशुल्क भैरहेको बताइएकाे छ । संघीय सरकारले कोरोना भाइरसको उपचार नागरिक स्वंयमले गर्ने बताए पछी केही अस्पतालले सूचना जारी गरी काेभिड १९ काे पाेजेटिभहरूकाे उपचार खर्च रकम जम्मा गरे पछी मात्र उपचार हुने जानकारी गराएका थिए ।

