मकवानपुर । मकवानपुरमा समानुपातिक तर्फ रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस चौथो ।
यस अघि चर्चामा नरहेकाे राष्ट्रिय परिवर्तन पार्टी (रापपा) ले तेस्रो स्थान प्राप्त गरेको छ । चुनाव चिन्ह वासुरी लिएर चुनावि मैदानमा रहेकाे रापपाले समानुपातिकतर्फ आफूलाई स्थापित दल नेपाली काँग्रेसभन्दा अघि ल्याउन सफल भएको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मकवानपुरमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ । उसले ७३ हजार ७ सय ९२ मत ल्याएको छ । प्रत्यक्ष निर्वाचनतर्फ मकवानपुरका दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए ।
२७ हजार ६ सय ९० मतसहित एमाले दोस्रो भएको छ । राष्ट्रिय परिवर्तन पार्टी (वासुरी) ले २४ हजार ७ सय ४९ मत ल्याएर तेस्रो भएको छ ।
नेपाली कांग्रेसले २३ हजार ६ सय ३८ मत ल्याएर चौथो भएको छ भने नेकपाले १७ हजार ८ सय ९८ मत ल्याएर पाँचौं भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरीप्रसाद ढकालले बताए ।

