मकवानपुर । मकवानपुरगढी जेसिजको तेस्रो पदस्थापना तथा पुरस्कार वतिरण कार्यक्रम बुधबार गरिएको छ । नेपाल जेसिज वर्ष २०२६ का अध्यक्ष जीवन कार्कीको उपस्थितीमा मकवानपुरगढी जेसिज वर्ष २०२६ को लागि अध्यक्ष इरोज न्यौपानेले पदस्थापना तथा सपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष कार्कीले नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको भूमिका महत्त्वपूर्ण रहने बताए । नयाँ सोच नयाँ दृष्टकिोण र कल्पनाले समाजलाई सकारात्मक बनाउने भएकोले सही मार्गमा युवाको लगाव राख्न उनले आग्रह गरे । ‘समाजको अपेक्षा भरोसा अनुसार काम गर्नुस’ उनले भने । सामाजिक काम मार्फत आफ्नो शाखालाई उत्कृष्ट बनाउन उनले आग्रह गरे ।
कार्यक्रममा मकवानपुरगढी जेसिजलाई मातृत्व प्रदान गर्ने पालुङ जेसिज बर्ष २०२५ का अध्यक्ष माधव कार्की, हेटौंडा जेसिज बर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुली, पत्रकारमसंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी समेतको उपस्थति रहेको थियो । मकवानपुरगढी जेसिजको बर्ष २०२६ को लागि कार्याकारीणी उपाध्यक्षहरू सुजन सापकोटा र सुबास अधकिारी, उपाध्यक्षहरू किरण खनाल, पुष्कर बहादुर घिमिरे, नश्चिल चौलागाईं र बिनम्र अधकिारी चयन भएका छन् ।
यसैगरी महासचिव सुनिल पाख्रिन, कानुन सल्लाहकार रोहित पुडासैनी, कोषाध्यक्ष सन्तोष न्यौपाने चयन भएको मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
पत्रकार दाहाल सम्मानित
जेसिजको पदस्थापना तथा पुरस्कार वतिरण कार्यक्रममा पत्रकार सरिता दाहाललाई नगद सहित सम्मान प्रदान गरएिको छ । संस्थापन अध्यक्ष पुडासैनीको हजुरबुबाको नाममा स्थापित स्वर्गीय बुद्धप्रिसाद पुडासैनी स्मृती पत्रकारित पुरस्कार दाहाललाई प्रदान गरएिको हो ।
नेपाल जेसिजका अध्यक्ष जीवन कार्की, मकवानपुरगढी जेसिजका संस्थापक अध्यक्ष पुष्पराज पुडासैनीलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । २०६० सालदेखी पत्रकारतिामा संलग्न दाहाल हाल राजधानी राष्ट्रयि दैनिक, सहीखबर डटकम तथा सहीखबर साप्ताहकिमा आबद्ध छिन् ।मकवानपुरगढी पत्रकार समाजको संस्थापक अध्यक्ष समेत रहेकी दाहाल हाल प्रेस चौतारी मकवानपुर अध्यक्ष हुन ।

