मकवानपुर । संविधान विपरित प्रतिनिधी सभा बिघटन भएको निष्कर्ष सहित नेकपा एमाले संसदीय दलका तर्फबाट पुर्नस्थापनाका माग राख्दै सर्बोच्च अदालतमा दायर भएको रिट माथि आगामी मंसिर १७ गते सुनुवाई हुने भएको छ ।
सर्बोच्च अदालतले मंसिर १७ गतेका लागि पेशी तोकेको रिट निवेदक एमाले नेता महेश बर्तौलाले जानकारी दिए । नेकपा एमाले संसदीय दलका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले गत मंसिर १० गते सर्बोच्च अदालतमा रिट निवदन दर्ता गराएका थिए । संविधानको धारा ७६ र धारा १३२ (२) विपरित नियुक्ती भएका प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ती प्रथम दृष्टीमै गैर संवैधानिक भएको रिट निवेदनमा उल्लेख छ ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतीबाट २०८२ भदौ २७ गते प्रतिनिधी सभा बिघटन गर्ने गरी भएको निर्णय उत्प्रेषणको आदेशले बदर गरी भदौ २४ पछाडिको अवधीलाई शुन्य मानी राज्यका सबै अंगहरु पुर्ववत संचालन हुनेगरी विपक्षीहरुका नाममा परमादेश जारी गर्न रिट निवेदनमा माग गरिएको छ । रिटमा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाईएको छ ।
एमाले संसदीय दलकाे निर्णयले बर्तौला र बराललाई रिट निवेदनको प्रकृया अघि बढाउने अख्तियारी दिएकाे थियो ।

