मकवानपुर । जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ आउँदाे मंगलबार बाँडफाँड हुने कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएकाे छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार असाेज २० गते मंगलबार बिहान १०ः३० बजे जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड हुने छ। आइताबार साँझ प्रिअलटमेन्टको सम्पूर्ण काम सकिसकेको एनआईबिएल एस क्यापिटल जनाएकाे छ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये संस्थाका कर्मचारी र म्युचुअल फण्डहरुका लागि छुटयाएर सर्वसाधारणलाइ २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन खुला गरेकाे थियाे।

कम्पनीको आईपीओ करिब ८ गुणा बढी आवेदन परेको छ। शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् भने बाँकि आवेदकको हात खालि हुनेछ। हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

