मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाले आधारभुत तह तर्फ कक्षा ८ को परीक्षाकाे नतिजा प्रकाशन गरेको छ। उपमहानगरपालिकाले बुधबार कक्षा ८ काे नतिजा प्रकाशन गरेको हो ।
चैत ७ गते देखि १५ गते सम्म संचालित २०८१ सालको आधारभूत तह कक्षा ८ को परीक्षाकाे नतिजा सार्वजनिक गरिएकाे शिक्षा विकास महाशाखाका अधिकृत हरिश्चन्द्र सापकोटाले जानकारी दिए । परीक्षामा ४ हजार २९ जना उत्तीर्ण भएका छन। ५ सय २३ जनाले ए प्लस नतिजा प्राप्त गर्दा १ हजार ११ जनाले ए नतिजा प्राप्त गरेका छन ।
त्यसैगरी बी प्लस प्राप्त गर्ने १ हजार ९८ जना रहेको र बी प्राप्त गर्ने ७ सय १६ जना रहेको परीक्षाफल प्रकाशित सूचनामा जनाईएको छ । त्यसैगरी १ सय ४४ जनाले २ देखि २.४ जिपिए प्राप्त गरेका छन् भने ० देखि १.६ जिपिए ५३७ जनाले प्राप्त गरेकाे बताइएकाे छ । नतिजा विद्यालयहरुले IEMIS लगइन गरी लेजर डाउनलोड गरी सम्बन्धित विद्यार्थीलाई जनाकारी गराउन समेत सूचनामा भनिएकाे छ ।


