मकवानपुर /मकवानपुरको हेटौंडा उपमहानगरपालिका –४, कमलडाँडास्थित नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आगामी असोज १५, १६ र १७ गते संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागीता जनाउने भएको छ । हालको कोरोना महामारीको समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थी सिकाइलाई निरन्तरता दिदै आएको विद्यालयले भर्चुअल प्रविधिबाट एम.यू.एनको कार्यक्रममा सहभागी हुने अवसरलाई पनि निकै राम्रो सिकाईको रुपमा लिन पाइने विद्यालयले जनाएको छ ।
एम.यू.एन.को मोडल कार्यक्रममा सहभागी भएर आफ्ना विद्यार्थीहरुले विश्वको गम्भीर समस्याका बारेमा चर्चा परिचर्चाबाट सिकाई आर्जन गर्न सक्ने अपेक्षा गरिएको छ ।
“हामीले छलफलको आधारमा एउटा ठोस् समझदारी निकाल्छौँ, विद्यार्थीहरूमा कुटनीतिक ज्ञान बोध गर्न, नेतृत्व विकास गर्न, सिर्जनातमक क्षमता वृद्धी गराउन नै विद्यालयले यस कार्यक्रमको आयोजना गरेको हो” कार्यक्रमकी महासचिव राधा कुमारी महतोले बताइन् । एम.यू.एनका लागि इकोफिन (इकोनोमिकल एण्ड फाइनेनसियल डेब्लप्मेन्ट काउन्सिल, यू.एन.एस.सी. (युनाइटेड नेसन सेक्युरिटी काउन्सिल), डव्ल्यु.एच.ओ (वल्र्ड हेल्थ अर्गनाइजेसन), यूनेप (युनाइटेड नेसन इन्भाइरोमेन्टल प्रोग्राम) गरेर कूल चारवटा कमिटीहरू रहेका छन् ।
सबै कमिटीका आ–आफ्नै नेतृत्वकर्ता छन् भने पूरा एम.यू.एनको नेतृत्व, नवोदय विद्यालयको कक्षा–१० मा अध्ययनरत छात्रा राधाकुमारी महतोले गरिरहेकी छिन् । कार्यक्रममा सहभागीका रूपमा नवोदय, जी.एस.निकेतन, मकवानपुर मल्टिपल क्याम्पस, चन्द्रोदय मा।वि र अर्किड स्कूल (चितवन) ले सहभागिता जनाउने विद्यालयले जनाएको छ । कार्यक्रममा राम्रा प्रस्तुति दिनेहरूका लागि विद्यालयले अबार्डको व्यवस्था गरेको छ ।

