मकवानपुर । हेटौंडा अटो मोबाईल्स एशोसियसनको भवन उद्घाटन गरिएको छ । एशोसियसनको २४ औं साधारण सभाका अवसरमा शनिबार हेटौंडा ११ थानाभर्याङमा नाडा अटो मोबाईल्स एशोसियसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन पछिकाे सभालाई सम्बोधन गर्दै अध्यक्ष चाैधरीले अटो मोबाइस्स एशोशियसनमा आवद्ध ब्यवसायीहरु संस्थागत उद्देश्य पुरा गर्न एकजुट हुनुपर्ने बताए । ‘सबैभन्दा पीडित अटाेमाेवाइल्स क्षेत्र रहेकाे छ’ उनले भने ‘ विदेशिने युवाशक्ति मध्ये अटाेमाेवाइल क्षेत्रबाट मात्र ३२ प्रतिशत युवा जनशक्ति रहेका छन् ।’ अटाेमाेवाइल क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकाेण गलत भएकाे कारण समस्या सिर्जना भएकाे उनले बताए । ‘उद्योग वाणिज्य महासंघ मार्फत हाम्राे मुद्दा सुनुवाइ नभएकाेले सरकारसँग हामी आफैं लड्छाै’ उनले भने ।
पुस्ता हस्तान्तरण हुनु नै विकासकाे प्रमुख आधार रहेकाे बताउँदै उनले भने ‘व्यवसायकाे धर्म भनेकाे पैसा कमाउनु हाे, मैले समाजमा के योगदान गरेकाे छु? गरेकाे लगानी प्रभावबारी छ छैन लगानी गरेन भने समाजले खाेजी गर्छ कि गर्दैन ? भन्दे प्रश्न हरेक दिन मनन गर्नुपर्छ ।’ कार्यक्रममा संस्थाको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
एशाेशियसनका जिल्ला अध्यक्ष ऋषि कुमार ढकालकाे सभाध्यक्षता तथा नाडा अटाेमाेबाइल्स एशाेसियन अफ नेपालका अध्यक्ष करण कुमार चाैधरीकाे प्रमुख आतिथ्यता भएकाे २४ ओैँ बार्षिक साधारण सभामा हेटाैडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दहाल, उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कुमार गुप्ता, निवर्तमान अध्यक्ष दामाेदर प्रसाद अटल, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, पुर्व अध्यक्षहरु सागर सापकाेटा र सुदेश कुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

