मकवानपुर । मकवानपुर जिल्लाको १० वटा स्थानीय तह मध्ये स्थानीय तह वित्तिय सुशासन जोखिम मुल्यांकन (लिजा) मा थाहा र मनहरी समान अंकसहित उत्कृष्ठ भएका हुन् ।
लिजामा थाहा नगरपालिका र मनहरी गाउँपालिकाले समान ७३.०५ अंक प्राप्तगरि प्रथम स्थान हासिल गरि उत्कृष्ट भएका हुन्। त्यसैगरी हेटौडा उपमहानगरपालिकाले ७१.०५ अंक प्राप्त गरि द्वितीय स्थान हासिल गरेको छ । मकवानपुरगढी गाउँपालिका र कैलाश गाउँपालिकाले समान ७०.०५ अंक प्राप्त गरि तृतिय स्थान प्राप्त गरे छन् ।
जिल्ला समन्वय समिति मकवानपुरको वार्षीक समीक्षा कार्यक्रममा बुधबार प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने पालिकालाई सम्मान
गरिएको छ । सबै स्थानीय तहले निश्चित सूचकका आधारमा आफ्नो मूल्यांकन आफैं गरी आफैंबाट सुधार गर्न संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले स्वमूल्यांकन प्रणाली ‘लिजा’सञ्चालनमा ल्याएको हो ।
स्थानीय तहले गरेको स्वमूल्यांकनका आधारमा केन्द्रीय सरकारले सम्बन्धित स्थानीय तहलाई अनुदान पठाउनेलगायतका सुविधासमेत प्रदान गर्ने गरेको छ ।
स्थानीय तहले संस्थागत संरचना र क्षमता विकासको अवस्था, पारदर्शिता, जवाफदेहिता, बेरुजुको अवस्था र सुशासनको अवस्थालगतयका आधारमा आफ्नो मूल्यांकन गर्ने गरी १०० सूचकको निर्धारण गरिएको छ । स्थानीय तहले गरेको स्वमूल्यांकनलाई अन्तिम जाँच गर्ने जिम्मेवारी भने जिल्ला समन्वय समितिलाई दिएको छ ।

