मकवानपुर । नेकपा (एमाले) हेटौंडा उपमहानगरपालिका अध्यक्षमा २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । एमाले हेटौंडा उपमहानगर कमिटिमा बोलबहादुर कार्की र जेन श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षमा उम्मेदावरी दिएका इन्द्र नेपाल र नवराज खतिवडाले उम्मेदवारी फिर्ता लिएसँगै कार्की र श्रेष्ठ चुनावी मैदानमा रहेका हुन् । ३ सय ३४ प्रतिनिधि रहेको निर्वाचनले ८१ सदस्यीय हेटौंडा उपमहानगर कमिटी निर्माण गर्ने प्रमुख निर्वाचन अधिकृत अर्जुन अर्यालले बताए । यसैगरी उपाध्यक्षमा ३ जनाकाे उम्मेदवारी परेकाे छ । उपाध्यक्षमा इन्द्रप्रसाद खतिवडा, धनबहादुर मुक्तान राजकुमार बास्तोलाकाे उम्मेदवारी परेकाे छ ।
यस्तै सचिवमा प्रकाश बानियाँ र शान्ता गौतम “प्रदिप” बीच प्रतिष्पर्धा हुनेछ । उपसचिव (खुल्ला) मा ५ जनाकाे उम्मेदवारी परेकाे छ । उक्त पदमा अर्जुनप्रसाद अर्याल, कवि रेग्मी, सुरेश मिजार “बेरोजगार”, शान्तेकुमार लामा तामाङ र शिवबहादुर थापाकाे उम्मेदवारी रहेकाे छ ।
यस्तै उपसचिव महिला तर्फ ३ जनाकाे उम्मेदवारी रहेकाे छ । उक्त पदमा चन्द्रावती पनेरु अधिकारी, जुना दंगाल र रञ्जिता सिलवालकाे उम्मेदवारी रहेकाे छ । सोमबार एमाले नगर कमिटिकाे निर्वाचन हुँदैछ ।

