मकवानपुर । मकवानपुर जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएकाे छ । जिल्लामा मंगलबारसम्म डेंगु संक्रमितको संख्या ६३६ जना पुगेको छ । यसैगरी स्क्रब टाइफसका बिरामी २३९ जना पुगेको छ ।
डेंगु संक्रमितको कुल संख्या मध्ये ३३५ पुरुष र ३०१ महिला रहेका छन् । स्क्रब टाइफसका बिरामी ८० पुरुष र १५९ महिला रहेका छन् । उक्त तथ्याङ्क साउन २०८१ देखि मंगलबारसम्मको हो ।
यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २४ जना डेंगु संक्रमित र ३ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २० जना, मकवानपुरगढी गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका एक जना र अन्य जिल्लाका दुई जना गरी २४ जना डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका एक जना र मकवानपुरगढी गाउँपालिकाका दुई जना गरी ३ जनाम स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
मंगलबार थपिएसँगै हेटौंडा उपमहानगरपालिकामा २५७ पुरुष र २४४ महिला गरी ५०१ जना, थाहा नगरपालिकामा एक पुरुष र एक महिला गरी २ जना, मकवानपुरगढी गाउँपालिकामा १५ पुरुष र ९ महिला गरी २४ जना, बागमती गाउँपालिकामा एक जना पुरुष, कैलाश गाउँपालिकामा ४ पुरुष, मनहरी गाउँपालिकामा २० पुरुष र १४ महिला गरी ३४ जना, बकैया गाउँपालिकामा ६ पुरुष र ५ महिला गरी ११ जना,भीमफेदी गाउँपालिकामा ४ पुरुष र ८ जना महिला गरी १२ जना, राक्सिराङ गाउँपालिकामा एक पुरुष
हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना,अन्य जिल्लाका १३ पुरुष र ५ महिला १८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी मंगलबार थपिएसँगै हेटौंडा उपमहानगरपालिकामा ९१ महिला र ५० पुरुष गरी १४१ जना, मकवानपुरगढी गाउँपालिकामा २६ महिला र १० पुरुष गरी ३६ जना, बागमती गाउँपालिकामा दुई पुरुष, कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना, मनहरी गाउँपालिकामा ६ पुरुष र १२ जना महिला गरी १८ जना, इन्द्रसरोवर गाउँपालिकामा एक महिला, भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना, बकैया गाउँपालिकामा ८ पुरुष र ९ महिला गरी १७ जना, राक्सिराङ गाउँपालिकामा एक जना महिला र अन्य जिल्लाका एक पुरुष र तीन महिला गरी ४ जना स्क्रब टाइफसका विरामी रहेका छन् ।
थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।