मकवानपुर । मकवानपुर मुस्लिम समुदायले बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटा र सुदुर पश्चिम प्रदेश प्रमुख नजिर मियांलाई हेटौंडामा सम्मान तथा स्वागत गरेको छ ।
समुदायले सोमबार हेटौंडामा स्वागत तथा सम्मान कार्यक्रम गरेको हो ।
स्वागत तथा सम्मानपछि बागमती प्रदेश प्रमुख देवकोटाले मकवानपुर विविधताले भरिएको जिल्ला भएको उल्लेख गर्दै यहाको प्राकृतिक सुन्दरतासङ्गै अर्को सुन्दर पक्ष विभिन्न धर्म, जाति ,लिङ्ग, सम्प्रदायबीचको अदभूत मेल रहेको बताए ।
यसले हेटौंडामात्र नभएर सम्पुर्ण मकवानपुरबासीको गरिमा बढाएको देवकोटाले बताए । आपसी भाइचारा र मेलमिलापले नै खुशी र सम्मृद्दी ल्याउले उनले बताए । आफ्ना स्वतन्त्रता प्रयोग गर्दा अरुको स्वतन्त्रता हनन हुन दिएनौ भने मात्रै पनि समाज सभ्य र सुसंस्कृत हुने देवकोटाले बताए ।
“संकल्प र इमानदारीताले कमी कमजोरी हटाइ उन्नत दिशातिर अघि बढ्न सकिन्छ” उनले भने “इस्लाम धर्मावलम्बी दाजुभाइ ,दिदीबहिनीहरु, यहाको समाज विकास, एकता र सहयोगको लागि मेरो तर्फबाट हुनसक्ने यथासक्य पहल हुनेछ ।”
आम्दानीको निश्चित हिस्सा आफ्नो गक्ष्र अनुसार दुखी गरिबलाई दान दिने संस्कृतिको देवकोटाले प्रशंसा गरे ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नाजिर मियाले मुस्लिमकाे हक तथा पहिचानका लागि काम गर्दै आएका बताए ।
मुस्लिम माथिकाे भेदभाव तथा हिंसा सिंगाे नेपालकाे समस्या भएको उल्लेख गर्दै राज्यले सबैलाइ समान अधिकार दिनुपर्ने मियाले बताए ।
“समानता जब हुन्छ तब मात्र मुस्लिमकाे समस्या समाधान हुदै” उनले भने । २०७२ साल अघि हामी नेपाली नागरिक मात्र थियाै तर मुस्लिमकाे पहिचान थिएको उनले बताए ।
मुस्लिम समुदायका लागि भारतमा भन्दा नेपाल सरकारले बढि अधिकार प्रदान गरेकाे छ तर पनि केही अधिकारका लागि अझै लड्नुपर्ने अवस्था रहेकाे मियाले बताए ।
“मुस्लिम भन्ने बित्तिकै कुन देशबाट आएकाे भनी प्रश्न गर्ने गरेकाे प्रति दुख लाग्छ, कव्रस्थानका लागि अझै अधिकार प्राप्त गर्न बाँकि छ, हामी आदिबासी हाै आप्रवासि हाेइनाै” मियाले भने ।
मकवानपुरको हेटौंडा उपमनपाा-४ स्थित जामे मस्जिदमा मकवानपुर मुस्लिम समुदाय मकवानपुरकाे आयाेजनामा कार्यक्रम भएको थियो ।
प्रदेश प्रमुख स्वागत सम्मान कार्यक्रम संयाेजक तथा इश्तिहार वागमति प्रदेश समिति अध्यक्ष माेहम्मद समिमको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जामे मस्जिदका संस्थापक अध्यक्ष हाजि रुद्र ढकाल, जनप्रिय मावि प्राविधिक विभागका संयाेजक माेतिउर रहमानलगायतको उपस्थिति रहेको थियो ।