मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियाेगितामा वडा नम्बर १६ विजयी भएकाे छ । सोमबार भएको तेस्रो खेलमा हेटौंडा–१६ ले हेटौंडा–८ बी लाई ४ रनले हराउँदै विजयी भएको हो ।
टस जितेर पहिलो व्याटिङ गरेको हेटौंडा–१६ ले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रन जोडेकाे थियाे । १६ नम्बर वडाबाट सौगात प्रजाले २७ रन बनाउन सफल भएका थिए । यस्तै अनिश सापकोटाले २५ रन जोडका थिए । किरण चौलागाईंले १९ मात्र जोडेका थिए । बालिङतर्फ हेटौंडा–८ बाट सन्देश भट्टराइले सर्वाधिक ४ विकेट लिएका थिए ।
हेटौंडा–१६ ले दिएको ९९ रनको लक्ष्य पच्छाएको हेटौंडा–८ बी ले १६ ओभर ४ बलमा १० विकेट गुमाएर ९५ रन मात्र जोड्न सफल भयो । हेटौंडा–८ बाट कशपल पन्थले सर्वाधिक २१ रन बनाउन सफल भएका थिए । हेटौंडा–१६ बाट विरेन श्रेष्ठ र अनिश सापकोटाले समान ३–३ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच अनिश सापकोटा घोषित भए ।
यस अघि सोमबार बिहान भएको खेलमा वडा नम्बर १८ लाई ४ विकेटले हराउँदै वडा नम्बर ८ ‘ए’ टिम विजयी भएको हो । यसैगरी वडा नम्बर २ ले वडा नम्बर ९ बीलाई पराजित गरेकाे छ ।
१८ नम्बर वडा ८१ रनमा अलआउट भएको थियाे । वडा नम्बर ८ को ‘ए’ ले ६ विकेट गुमाएर ८५ रन बनाउँदै लक्ष्यलाई भेटायो । यसैगरी साेमबारकाे दोस्राे खेलमा वडा नम्बर २ र ९ को ‘बी’ बीच प्रतिस्पर्धा भएकाे थियाे । पहिले ब्याटिङ रोजेकाे ९ बीले निर्धारित २० ओभरकाे खेलमा ६ विकेटकाे क्षतिमा १११ रन बनायाे । ११२ रनकाे लक्ष्य पाएकाे २ नम्बर वडाले १२ औभरकाे खेलमा लक्ष्य भेट्टाएकाे हाे ।
नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा भएकाे प्रतियोगिताकाे उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

