मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार ४ खेल भए । मकवानपुर फुटबल संघकाे आयोजनामा भएकाे लिग अन्तरगत आइतबारकाे खेलमा हाँडीखोला र एफसी पोताला विजयी भएका छन् ।
युनाइनेट नाइन र सहिद स्मृतिबीचको खेल एक/एक गोलको बराबरी भ्एकाे छ । पशुपति युवा क्लब र प्रगतिशील युवा क्लबबीचको खेल ३–२ गोल अन्तरमा स्थगित भएको छ । खेल सञ्चालनको क्रममा रात परेका कारण खेल स्थगित भएको हो । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा प्रतिभा युवा क्लबलाई हाँडीखोलाले १–० गोल अन्तरले पराजित गरेको हो ।
हेटौडा ११ स्थित सिमलटार मैदानमा भएको खेलमा सक्षम युवा क्लबलाई एफसी पोतालाले ५–१ गोल अन्तरले पराजित गरेको छ । गौरीटार रंगशालामा भएको युनाइनेट र सहिद स्मृतिबीचको खेल एक/एक गोलको बराबरीमा रोकिएको हाे । सिमलटारमा भएको पशुपति र प्रगतिशील बीचको खेल ३–२ गोल पछि रात परेका कारण स्थगित भएको छ ।
प्रतियाेगिता अन्तरगत सोमबार ४ खेल हुने आयोजकले जनाएकाे छ । गौरिटारमा रंगशालामा दिउँसो १ बजे आरआरएफसी र परेली युवा क्लब बीच खेल हुनेछ भने दिउँसो ४ बजे रियल स्टार र एफसी इन्टरनेट बीच प्रतिस्पर्धा हुने छ । यसैगरी सिमलटार मैदानमा दिउँसो १ बजे एफसी इन्टरनेट र हेटौंडा भेट्रान्स बीच खेल हुने आयोजकले जनाएकाे छ । यसैगरी दिउँसो ४ बजे हेटौंडा फुटबल एकेडेमी र गोरखा ब्वाइज बीच खेल हुनेछ ।
१४ भदौबाट सुरु लिगको प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ । लिग विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन् भने प्रदेशस्तरीय लिगमा सहभागिता जनाउने छन् । उपविजेता टिमले ५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन् । जिल्लामा रहेका २८ वटा क्लवलाई वर्गीकरण गर्ने गरी जिल्ला लिग सुरु गरिएको हो । फुटबल संघमा आबद्ध रही अघिल्लो पटकको लिग खेलेका २८ क्लवलाई ४ समूहमा विभाजन गरि प्रतियाेगिता संचालन भइरहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्पोटर्स एकेडेमीले उपविजेतामा चित्त बुझाएकाे थियो।

