मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा सञ्चालित उद्यमशिलता तथा सिप विकास तालिम साेमबार समापन भएकाे छ ।
प्रदेश युवा परिषद बागमतीको आर्थिक सहयोग र सामुदायिक विकास तथा सचेतना नेपालको आयोजनामा सञ्चालित थोरै लगानीमा गर्न सकिने साना व्यवसाय प्रर्वद्धनका लागि ७ दिने तालिम समापन गरिएकाे हाे ।
सात दिन सम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षकले व्यवसायको स्व-विश्लेषण/मुल्यांकन र पृष्ठपोषणको आवश्यकता र महत्व, सफल उद्यमीका विशेषता, व्यवसायिक योजना, आवश्यकता र महत्व, उत्पादन योजना, स्व-रोजगार, व्यवसायमा जोखिम तथा जोखिम व्यवस्थापन, व्यवसाय दर्ता प्रक्रिया तथा सरकारी नीतिनियमका विषयमा सहजिकरण सामुदायिक बिकास तथा सचेतना नेपालका अनन्त बानियाले बताए ।
चटपटे, पानीपुरी , मम, चाउमिन लागायत निर्माण तालिम तथा अभ्यासात्मक क्रियाकलाप समेत गरिएको तालिममा
हेटौंडा वडा नम्वर २, ३, ४, ५ , ६, ७, ८, १५, १७ र मकवानपुरगढी गाँउपालिकाका २० जना प्रशिक्षार्थीको सहभागिता रहेको उनले जानकारी दिए ।
सामुदायिक बिकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम गरिएकाे हाे । कार्यक्रम हेटौंडा ५ का वडा सदस्यहरु ज्ञान बहादुर थापा, राम बहादुर राई, पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समितिका सचिव शारदा कुमारी सुवेदीलगायतकाे उपस्थिति थियाे ।

