मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहलाई ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण स्वरुप उपलब्ध गराउने भएकाे छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान मार्फत प्रदेशका स्थानीय तहलाई उक्त रकम विनियाेजन गरिएकाे बताए ।
राष्ट्रिय वित्त आयोगको सिफारिसमा समानीकरण अनुदान तर्फ १ अर्ब ६६ करोड रुपैयाँ, सशर्त अनुदानतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ २ अर्ब ४८ करोड रुपैयाँ र विशेष अनुदानतर्फ ७९ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएकाे उनले बताए ।

