मकवानपुर । चित्लाङ –चन्द्रागिरि–थानकोट सडक शुक्रबारबाट बन्द हुने भएको छ । स्तरोन्नतिको क्रममा उक्त सडक आगामी असार २० गतेसम्म बन्द हुने भएकाे हाे ।
सडकको मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सडक पूर्णरुपमा बन्द गरिने भएको हो ।
थानकोट चित्लाङ सडक खण्डको दुई भागमा सडक निर्माण सुधार कार्यका लागि गत वैशाखमा निर्माण कम्पनीसँग तीन करोड ९३ लाख रुपियाँमा ठेक्का लागेको थियाे ।

