मकवानपुर । हेटौंडा उपमहानगरपालिका १२ घलेगाउँमा कञ्चनजंगा कृषि सहकारी संस्था लधु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएकाे छ ।
लधु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञा पत्र दिएको हाे । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायी मध्य गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको बताइएको हाे।
मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परिक्षण र निगरानी पश्चात खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञा पत्र दिएका उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले बताए । उपमहानगरपालिकाको १ लाख रुपियाँ बाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा आफूहरुलाई हाैसला मिलेकाे उद्यमी समुहका अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।
गाउँमा आयआर्जनका लागि यसले याेदान गर्न अपेक्षा गरिएकाे छ । ‘सबै माैसममा खेतीपातिकाे काम हुँदैन, यसै बसेका थियौं, काम गर्नका लागि लगानी भएपछी गुन्द्रुकको काम थालेका हौं ’ अध्यक्ष गुरुङले भनिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर रायाेकाे साग लगाई गुन्द्रुकको उत्पादनमा लागेको उनले बताइन् ।
अनुज्ञा पत्र नहुँदा बजारमा विक्री गर्न नाएकाेले हाल ३ लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखेको उनले जानकारी दिइन् । अब बजारीकरणको बाटो खुलेको छ, उपमहानगरले सहयोग गरेपछी समुहमा रहेका १२ जनाले गरेको थिए । गत असोजमा कामको लागि सम्झौता गरेसँगै समुहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । उद्योग शाखाको तथ्याङक अनुसार उपमहानगरले ८०० भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि अहिले २६८ जना उद्यममा जोडिएको जनाएको छ ।
