मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरीले ५३ किलो ५ सय ९० ग्राम लागुऔषध गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे । उक्त परिमाणकाे गाँजासहित मनहरी गाउँपालिका–२ बस्ने २७ वर्षीय राजकुमार स्याङ्बो, २४ वर्षीय पलगु राजकुमार स्याङ्बो र २३ वर्षीय राम कुमार स्याङ्बोलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मनहरी तर्फबाट हेटौडा तर्फ आउँदै गरेको ग.२३ प ६४३८ नम्बरको मोटरसाइकललाई पूर्व पश्चिम राजमार्ग अन्तरगत थानाभर्याङकाे राप्ति पुल नजिकै जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजकुमार र पलगुको साथबाट करिब ३५ किलो ८ सय ग्राम र बा.प्र.०३००५ प ८९८४ नम्बरको मोटरसाइकलमा सवार राम कुमारको साथबाट करिब १७ किलो ७ सय ९० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा सहित तीनै जनालाई नियन्त्रण लिइ मकवानपुर जिल्ला अदालतबाट १२ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

