मकवानपुर । मकवानपुरको साहित्यिक संस्था झरना साहित्यिक परिवारको २ सय ९८ औँ साहित्य शृङ्खलामा बदामसँग कविता कार्यक्रम भएको छ ।
कार्यक्रममा तीन दर्जन साहित्यिक स्रष्टाले बदाम र सुन्तलासंगै कविता सुनाएर मिठास भरेका थिए । झसापले २ सय ९८ औँ साहित्य शृङ्खला शुक्रबार हेटौँडा–१७ मा रहेको जुरेथुम पर्यटकीय पार्कमा आयोजना गरेको हो । उक्त अवसरम झरना साहित्यिक अर्धबार्षिक पत्रिका ‘झरना’ को ४० औँ अङ्क विमोचन गरिएको थियो ।
कार्यक्रमका नियात्राकार निर्मोही व्यासले यात्राले काव्य लेखनमा सहजता प्रदान गर्ने बताए । झरनाले राम्रो काम गरिरहेकोमा संस्थाको प्रशंसा समेत उनले गरे । कार्यक्रममा संस्थाका संरक्षक रमेशमोहन अधिकारी, सल्लाहकार दीपक गौतम, साहित्यकार समिर पाख्रिन, पुरुषोत्तम आचार्य, डिबि बर्तौला, सानु खनाल, सुवास खनाल, भावना सापकोटा, बैकुण्ठ लामिछाने, सागर तिमल्सिना, सुबास सजल, किशन पोडेल, गोकर्ण लामा, स्वस्तिका बानियाँ, देव निर्दोष, गायत्री रुपाखेति, विश्व राई, सन्तराम राई, अजर फुयाँल, ओमभक्त भण्डारीलगायतले रचना सुनाएका थिए ।
झसाप, मकवानपुरले हरेक महिना नियमित साहित्य शृङ्खला गर्दै आएको छ । झसापले आगामी महिना बकैया गाउँपालिकामा बिद्यार्थीहरूका लागि चित्रकला तथा हस्तकला प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलको अध्यक्षता तथा निर्मोही ब्यासको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका संरक्षक उद्धव प्रसाद सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तककार मिथिला अधिकारी, साहित्य सङ्गमका कोषाध्यक्ष मेनु तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव मसान उपासकले गरेका थिए ।


