मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषदले विभिन्न १० वटा निर्णय गरेकाे छ । आइतबारकाे मन्त्रिपरिषद्काे वैठकले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले काठमाडौंका प्रशान्त अधिकारीको संयोजकत्वमा काठमाडौंकै यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा रहेको समस्याग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनकाे लागि समिति गठन गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठका अनुसार बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा प्रदेशका विभिन्न स्थानमा कारागार र प्रहरी भवन संरचना सुधारका लागि ५ करोड बजेट ५६ लाख रुपैयाँ खर्च गर्न अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सभा सदस्य गीता गुरुङका लागि हेयरिङ मेसिन खरिद गर्न स्वीकृत प्रदान गरेको छ । यस्तै बैठकले विभिन्न कार्यविधि समेत स्वीकृत गरेकाे छ ।
बागमती प्रदेश सरकार मन्त्रीपरिषद्का निर्णयहरु
१. भाैतिक संरचनाकाे संरचनात्मक सुधारकाे खर्च अख्तियारी प्रदान गर्ने । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
२. जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
३. माैलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयाेग कार्यक्रम सन्चालन सम्वन्धी कार्यविधि २०८० स्वीकृत । (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
४. द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृति (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
५. माननीय प्रदेश सदस्य गिता गुरुङकाे हेयरिङ मेशिन खरिद (आन्तरिक मामिला तथा कानून मन्त्रालय)
६. एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत (कृषि तथा पशुपन्छि विका मन्त्रालय)
७. एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दाेश्राे संसाेधन) कार्यविधि २०८० स्वीकृत (स्वास्थ्य मन्त्रालय)
८. गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जाेखिममा परेका महिलाकाे निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० स्वीकृत (स्वास्थ्य मन्त्रालय)
९. दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्राेत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत (स्वास्थ्य मन्त्रालय)
१०. समस्याग्रस्त सहकारी संस्थाकाे निमित्त व्यवस्थापन समिति गठन तथा साे समितिकाे सेवा सुविधा तथा शर्त सम्वन्धी व्यवस्था सम्वन्धमा (संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय) -प्रशान्त अधिकारी कामनपा ३१ अध्यक्ष -यज्ञनाथ दाहाल कामनपा ४ सदस्य -यतीराज सापकाेटा मकवानपुर

