मकवानपुर । अपाङ्गता भएकाहरूको सवाल सहज सुनुवाइ नहुने गरेको गुनासो गरिएको छ । विश्वभरका राष्ट्रिय सरकारहरू तथा लाखौँ नागरिकहरूलाई एउटै थलोमा ल्याई महत्वकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी दिगो विकास लक्ष्यहरू तय गरिएका हुन् । तर कार्यान्वयनको पाटो कमजोर रहेको सहभागीले बताएका हुन् ।
दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता भन्ने नाराका साथ अपाङगता भएका व्यक्तिको अधिकार सम्बन्धि महसन्धी र दीगो बिकास लक्ष्यहरूको अन्तरसम्बन्ध बिषयक अभिमुखिकरण कार्यक्रम सहभागीहरूले हेटौंडा यस्तो बताएका हुन्।
दिगो विकासको लक्ष्य अन्तरगत विकासको लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता भएको र यसले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरेको छ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यहरू दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरू सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको छ ।
प्रदेश सभा सदस्यहरू गिता गुरुङ हरि प्रसाद श्रेष्ठ लक्ष्मी श्रेष्ठ मन्त्रालय सचिब: अमृत अधिकारी, अपाङ्गता भएका व्यक्तिको ३२ औ अन्तराष्ट्रिय दिवसमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वयमा प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले दिवसको सन्दर्भमा मात्रै आवाज उठाउने नभइ सधै सकारात्मक सोच र व्यवहार हुनुपर्ने बताए । अपाङ्गता सम्बन्धी कानुन, नियममा भएका र महासन्धीमा भएका व्यवस्थाहरूको राम्रो नभएको राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समिति सल्लाह गणेश चन्द्र दवाडीले बताए । उनले विपद् सम्बन्धी हालसम्मका कार्यक्रमहरूमा अपाङ्गताका सवालहरूको समावेशीकरण भएको नपाइएको बताए । अपाङ्गता भएका व्यक्तिलाई अदालतले दिने सहायता, अदालतका काम कारवाही, प्रकृया र सेवाहरूलाई पहुँचयुक्त बनाउने विषयमा अधिकारीहरूमा त्यति राम्रो ज्ञान पनि नभएको उनले बताए ।
अपाङ्गता भएका महिला लक्षित यौन तथा प्रजनन् स्वास्थ्यका कुनै कार्यक्रम नभएको पुनर्स्थापना सेवा सहर केन्द्रित रहेको छ । सरकारी गैर सरकारी निकायहरु अपाङ्गता मैत्री संरचनाहरु नभएको सुचना तथा सञ्चारमा पहुच नभएको सहभागीले बताए । अपाङ्गता भएका व्यक्तिहरु तथ्याङ्क (२०७८) अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको जनङसख्या पछिल्लो जनगणना २०७८ ले २ दशमलव २ प्रतिशत रहेको देखिन्छ तर,यो तथ्यांकमा धेरै व्यक्ति छुटेको महासंघको भनाई छ। विशेष गरी प्राकृतिक रुपमा दुर्घटना हिंसा द्वन्द्व तथा अन्य कुनै महामारी तथा दीर्घकालिन रोग जस्ता विभिन्न कारणहरुले जुनसुकै समयमा जुनसुकै वर्गका व्यक्तिहरु अपाङ्गता देखिन्छ ।
बागमती प्रदेशमा मात्र १ लाख २४ हजार १ सय अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क सबै भन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्ति ४३ हजार ५०४ जना रहेको तथ्याङकले देखाएको छ । कार्यक्रममा मन्त्रालयका निमित्त सचिब गोपाल कंडेल, महासंघका सल्लाहकार दवाडीलगायतले सहजिकरण गरेका थिए ।


