मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.५ खैरहनी लखनटोलमा अटो दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ ।
स्थानीय ३३ बर्षीय लक्ष्मण स्याङ्तानको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गत कार्तिक २४ गते राती लक्ष्मणले आफ्नै घरमा ना.१ ह ३५४४ नम्बरको अटो पार्किङ गर्ने क्रममा अटो अचानक करेसाबारीबाट ६० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी लक्ष्मण गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारकाे लागि हेटौंडा अस्पताल ल्याईएकोमा उपचार सम्भव नभएपछि भरतपुरकाे पुरानो मेडिकल रिफर गरिएको थियो ।

