मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा सवारी साधन दुर्घटना हुँदा २ जना घाइते भएका छन् । हेटौडा–धरान–चतरा सडकखण्ड अन्तरगत बकैया गाउँपालिका वडा नम्वर ५ तिनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना हुँदा उनीहरु घाइते भएका मकवानपुर प्रहरीले जनाएकाे छ ।
हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०७९२ नम्वरको पानी लोड गरेकाे मिनीट्रक आँफै अनियन्त्रित भई सडकबाट ७ मिटर तल खसी दुर्घटना हुँदा बकैया ७ हर्दाका युवराज सापकाेटा र सहचालक बकैया ६ गवरस्थानका दिनेश लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता, प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइते ट्रकमा सवार २६ वर्षीय सापकोटा र ट्रकका सहचालक २८ वर्षीय दिनेश लामालाई हेटाैडा अस्पतालमा उपचारकाे ल्याइएकाेमा लामालाई थप उपचारकाे लागि चितवन भरतपुरकाे पुरानाे मेडिकल कलेज रिफर गरिएकाे भण्डारीले बताए ।
अर्का घाइते सापकाेटाकाे भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

