मकवानपुर । विज्ञान शिक्षक समाज मकवानपुर र नवोदय शिशु सदनले शनिबार जिल्लास्तरीय वक्तृत्वकला कार्यक्रम तथा विज्ञान कार्यशाला गरेको छ ।
वक्तृत्वकलामा जीएस निकेतनका आदर्श पौडेल र प्रतिष्ठा कार्की क्रमश: प्रथम र द्वितीय भएका छन । यस्तै चण्डीका मावि शिखरकटेरीकी तेज कुमारी बास्कोटा तृतीय र नवोदय शिशु सदनकी विदुषी हुमागाईँ तथा बाल जागृति इङ्ग्लिस स्कुलकी रितिका छत्कुल्लीले सान्त्वना पुरस्कार प्राप्त गरे ।
पौडेलले प्रथम हुदै ६ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरे ।यस्तै ,द्वितीय , तृतीय र सान्त्वना हुनेले क्रमश: ५ हजार, ४ हजार र ३/३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे ।
वक्तृत्वकलामा मकवानपुर जिल्लाका आठ पालिकाका २२ जनाले भाग लिएका थिए । साहित्यकारहरू शान्ति प्रियवन्दना, देवराज तिवारी तथा विज्ञान प्रशिक्षक चिरञ्जीवी लामिछानेले निर्णायक रहनु भएको वक्तृत्वकलामा पुरस्कार सौजन्य नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनालले गरेका थिए ।
जिल्ला समन्वय समिती प्रमुख ललित घलानले भोलिको समय राम्रो बनाउन र समाज उन्नत बनाउन विज्ञान शिक्षाको महत्वपूर्ण भूमिका रहने बताए । राष्ट्रिय परीक्षा बोर्ड प्रमुख कृष्णप्रसाद घिमिरेले विज्ञान शिक्षा र क्षेत्रमा उचित लगानी गरेमात्र समाज र देश समुन्नत हुने बताए ।
कार्यक्रमको दोस्रो सत्रमा विज्ञान कार्यशाला भएको थियो । उक्त कार्यशालामा मकवानपुर जिल्लाका २२ जना विज्ञान शिक्षकले सहभागिता जनाएका थिए ।
वक्तृत्वकलाको सहजीकरण विज्ञान शिक्षक समाज मकवानपुर सचिव सुवास खनाल र कार्यशालाको सहजीकरण नवोदयकी अनुष्का श्रेष्ठले गरेका थिए ।
कार्यक्रम स्ट्यान जिल्ला अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता तथा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुर शाखाका प्रमुख कृष्ण घिमिरेको विशिष्ट आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सोस्टा मकवानपुरका अध्यक्ष भोगेन्द्र लुईँटेल, गणित शिक्षा परिषद्का अध्यक्ष धनिकलाल साह, नवोदय शिशु सदनका शैक्षिक निर्देशक अव्यक्त खनाल, शिक्षक प्रेम क्षेत्री, अग्रज शिक्षक रघुनाथ घिमिरे, विज्ञान शिक्षक समाज मकवानपुरका सल्लाहकारहरू विनोद गुप्ता ,राम कुमार ठाकुरलगायतको उपस्थित थियो ।

