मकवानपुर । बागमती प्रदेश श्रम तथा रोजगार मन्त्री लक्ष्मण लम्सालले बालश्रम निवारणमा प्रगति भएको बताएका छन् ।
सामाजिक सचेतनाको कारण बालश्रम शोषण गर्ने घटनाहरू घट्दै आएको,तर अझै नीतिगत तथा सचेतनाको पाटोमा काम धेरै गर्न बाँकी रहेको मन्त्री लम्सालले बताएका हुन् । बालश्रम निवारणका लागि प्रदेश स्तरीय संसदीय पहल बिषयक छलफल कार्यक्रममा मन्त्री लम्सालले यस्तो बताएका हुन् । “हतोत्साहि हुनुपर्ने अवस्था छैन,तर ढुक्क हुने अवस्था पनि हैन” लम्सालले भने ।
कार्यक्रममा प्रदेश सभा सदस्य हरि सापकोटाले बाल श्रमको निवारणसंगै उचित शिक्षा र जिम्मेवार नागरिक नागरिक बनाउनेको लागि अभिभावकलाई पनि सचेतना आवश्यक भएको बताएका छन् । “अभिभावकलाई चेतना र आर्थिक हिसाबले समृद्ध नबनाइ बालश्रमिक निवारण संभावना छैन” उनले भने । यसैगरी बालश्रम विरुद्ध आउने बिधेयकमा आफ्नो सहमति हुने सांसद रुकु चौलागाईंले बताइन् ।
अभिभावक, समाज र राज्यले बालश्रम रोक्न जिम्मेवार हुनुपर्ने उनले बताइन् । घरमा काम सिकाउदा बालश्रम हुने बताउंदै उनले भनिन् “उद्योग कलकारखानामा श्रमम शोषण हुंदा, शिक्षाबाट बन्चित गराईएको पाईएमा समाजले पनि खबरदारी गर्नुपर्छ ।” राज्यले पनि कानुन बनाउने किताबमा थन्क्याउने गर्नु लाजमर्दो भएको उनले बताइन् । यसैगरी सांसद भुवनेश्वरी श्रेष्ठले श्रमको मुल्य कम भएकोले बालश्रम बढेको, आर्थिक सामाजिक रुपान्तरण आवश्यक हुने बताइन् । कार्यक्रम सांसद सुष्पा भुजेल बालश्रम निवारणको लागि व्यक्ति व्यक्ति सचेत हुने, आफूले बालश्रम प्रयोग नगर्ने र प्रदेश सरकारले बालश्रम विरुद्धको बिधेयक बनाएमा आफ्नो ऐक्यबद्धता हुने बताइन् । यस्तै प्रदेश सभा सदस्य समिता खड्की श्रेष्ठ संस्था धेरै भए पनि काम कम भएको बताइन् ।
“यतिहुंदा पनि बालश्रमिक होटलैपिच्छे छ,किन यस्तो ?” उनले प्रश्न गरिन । होटलमा कार्यक्रम गरेर बालश्रम न्यूनीकरण नहुने उनले बताइन् । “शहरमा भन्दा दुर्गममा बालश्रम विरुद्ध काम दरिलो गरि अघि बढौ” उनले भनिन् । कार्यक्रम बाल कल्याण समाज मकवानपुर, युवाका साथ साथ आवाज नेपाल, युथ क्लब नारायणगढ, सरोकार समाज नेपाल, स्वतन्त्र अभियान नेपाल, ग्लोबल मार्च, राष्ट्रिय बाल संरक्षण सञ्जाललगायतको संयुक्त आयोजना तथा बालकल्याण समाज मकवानपुरका प्रमुख प्रकाश खतिवडाको अध्यक्षतामा भएको थियो।

