मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चकाे विवरण पेश नगर्ने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेकाे छ । आयाेगले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवानाकाे निर्णय गरेको हाे ।
मंगलबार आयोगले विज्ञप्ति प्रकाशन गरी विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फका १ हजार ३७ र प्रदेश सभातर्फका १ हजार ३ सय ९८ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई १५ हजार रुपैयाका दलले जरिवाना गर्ने निर्णय गरिएको जनाएकाे छ ।
निर्वाचन आयाेगले गत बैशाखमा आफू उम्मेदवार रहेकाे प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा नियमानुसार खर्च विवरण सार्वजनिक गरेकाे लिखित जानकारी गराएकाे थियाे । प्रतिनिधिसभातर्फ २ हजार ३ सय ७४ उम्मेदरवार र प्रदेश सभातर्फ ३ हजार १ सय ८८ उम्मेदवार गरी ५ हजार ५ सय ६२ उमेदवारलाई निर्वाचन खर्च सार्वजनिक गरेकाे जानकारी गराउन भनिएकाेकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
जरिवाना गर्ने निर्णय भएका उम्मेदवारहरुले ३५ दिन भित्र राजश्व दाखिला गरेकाे भाैचर सहित निर्वाचन आयाेग वा निर्वाचन कार्यालयमा निवेदन दिनु पर्ने भएकाे छ भने ७ दिन भित्र निर्वाचन खर्चकाे विवरण बुझाउन पर्ने समेत आयाेगका प्रवक्ता शालिकराम शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

