मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा जारी मेयर कप फुटबल प्रतियोगितामा ११ नम्बर वडा र १४ नम्बर वडा सेमिफाइनलमा प्रवेश गरका छन । तेस्रो सस्करणको मेयर कप प्रतियोगिता अन्तरगत सोमबारबाट सुरु क्वाटरफाइनल खेलमा ११ नम्बर वडाले १ नम्बर वडालाई र १४ नम्बर वडाले ९ नम्बर वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन ।
सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा ११ नम्बरले १ नम्बरलाई २–१ गोलअन्तरले पराजित गरेको हो भने दोस्रो खेलमा ९ नम्बर वडालाई सडेन डेथमा पराजित गर्दै १४ नम्बर वडाले जित निकाल्यो ।
प्रतियोगिता अन्तर्गत मंगलबार क्वार्टरफाइनलका २ खेल सन्चालन हुने आयोजक हेटौंडा नगर खेलकुद समितिले जनाएको छ । मंगलबारको पहिलो क्वाटरफाइनल खेल १५ नम्बर र १९ नम्बर वडाबीच हुनेछ । यस्तै दोस्रो क्वाटरफाइनल खेल २ नम्बर र १३ नम्बर वडाबीच हुने नगर खेलकुद समितिका अधिकृत लक्ष्मण न्यौपानेले बताए । सेमिफाइनलका खेलहरु बुधबार र बिहिबार हुनेछ भने फाइनल शनिबार हुने कार्यतालिका रहेको न्यौपानेले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

