मकवानपुर । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा आकृति घिमिरे प्रथम भएकी छिन। “युवा र नबप्रबर्तन” शिर्षकमा हेटौडामा सोमबार भएको जिल्ला स्तरिय खुल्ला वक्तृत्वकला प्रतियोगितामा घिमिरेले प्रथम स्थान हासिल गरेकी हुन् ।
यस्तै, प्रतियोगीतमा सरोज बिक द्वितीय र कृतिका लैडारी तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन्।
कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख ललितबहादुर घलानले ‘युवा एक किसिमको सोच हो, युवाले कस्तो किसिमको समाज व्यवस्था र राज्यको स्वरुप रुपान्तरणमा युवाको सहभागिताको सम्बन्धी युवा परिषदले विभिन्न कार्यक्रम गर्दै आईरहेको प्रति खुशी व्यक्त गरे ।
त्यस्तै, प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले अबको युवाले बोल्ने कला मात्र हैन, ब्यबहारमा पनि देखाउने युवाको खाचो रहेको बताए । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो, क्षमता भएका युवाहरुलाई देशमै केही गरेर खाने वातावरण रहेकोले बताए ।
जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख घलानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला युवा समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा परिषद कार्यकारी उपाध्यक्ष चौलागाई, हेटौंडा जेसिसका अध्यक्ष श्रवणकुमार बर्तौला, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापती छोईसाङ लामा लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा निर्णायकमा मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक लोकराज शर्मा, प्राध्यापक निरा शर्मा र पुर्व हेटौंडा जेसिस अध्यक्ष दिपक मिश्र रहेका थिए। प्रतियोगितामा प्रथम हुने घिमिरेले जेष्ठ २७ गते हुने प्रदेश स्तरिय बक्तृत्वकलामा सहभागिता जनाउने जिल्ला युवा समितिले जनाएको छ ।

