मकवानपुर । बालसंरक्षणबारे अझै पनि कार्यक्रमहरू प्राथमिकतामा नरहेको सरोकारवालाहरूले बताएका छन् ।
स्थानीय सरकारले बालबालिकाको सवाललाई भन्दा विकास निर्माणका सवाललाई बढी प्राथमिकतामा राख्ने गरेको बताइएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालद्वारा संचालित प्रोटेक्ट परियोजनाको समापन बैठकमा सहभागीहरूले यस्तो बताएका हुन ।
परियोजना अन्तरगत बालबालिकालाई सकारात्मक अभिभावकत्व प्रदान गर्न अभिभावक शिक्षा, बाल संरक्षणका सवालबारे विभिन्न कार्यक्रम गरिएको राडो नेपालका कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए । परियोजनाको सहयोगपछि परिवारको आर्थिक अवस्था माथी उठ्नुका साथै नेतृत्व क्षमतामा समेत वृद्धि भएको उनले बताए ।
परियोजना समिक्षा तथा समापन कार्यक्रममा मकवानपुर जिल्लामा रहेर बालबालिकाको क्षेत्रमा सक्रिय संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको प्रोटेक्ट परियोजना अधिकृत सुनिल चिमरियाले बताए । मकवानपुर जिल्लाको लागि उक्त परियोजना सकिए पनि सम्बन्धित क्षेत्रमा समन्वय र सहकार्य सदा रहिरहने प्लाने नेपालकी अनुज्ञा मिश्रले बताइन् ।

