मकवानपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइत्वार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा वंशगोपाल बहुमुखी क्याम्पस हेटौंडा ६ अध्यक्षमा दिवस सिल्वाल विजयी भएका छ्न ।
सिल्वालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बीच गठबन्धन थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंबीच गठबन्धन रहेको थियो ।
वंशगोपालमा आइतबार भएको निर्वाचनको अन्तिम मतरिणाम अनुसार नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्ष दिवस सिल्वालको प्यानलनै निर्वाचित भएको हो । सिल्वाल १८ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।
यसैगरी वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२०), कोषाध्यक्षमा रुपा राई (१७), सदस्यहरुमा सपना राउत (२३), सुजन गोले (१७) मतसहित विजयी भएका छन् ।

