मकवानपुर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुरको आयोजनामा पि.पी. आर विरुद्धको सप्ताहव्यापी खोप अभियान आजबाट सुरू गरिएको छ ।
हेटौडा उपमहानगरपालिका १२, अल्दमार कुना टोलमा भेडा बाख्राहरुमा लगाइने पि.पी आर बिरुद्दको खोप कार्य पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. बृज किशोर ठाकुरको उपस्तिथिमा सुरू गरिएको हो ।
हेटौडा उपमहानगरपालिका वडा १२ का कार्यवाहक वडा अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले आफ्नो वडामा पिपिआर खोपसंगै पशु स्वास्थ जांचमा सरोकारवालाको समन्वय आवश्यक भएको बताए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका पशु विकास अधिकृत निशान्त शर्मा गेलाल, बिज्ञ केन्द्रका पशु विकास अधिकृत डाक्टर आभाष कोइराला, पशु सेवा प्राबिधिक प्रदिप सापकोटालगायतको उपस्थिती थियो ।
भिडियो हेर्नुस्:

