मकवानपुर । संघीय सरकारले फागुन १ सार्वजनिक बिदा दिने भएकाे छ । वि.सं.२०५२ साल फागुन १ बाट नेपालमा जनयुद्ध सुरु भएको स्मरणमा संघीय सरकारले समेत सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। नेकपा माओवादी गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि नेपालमा जनयुद्धको जग र जनआन्दोलनको बलमा नै स्थापित भएका मान्दै आएका छन् ।
यस अघी बागमती तथा कर्णाली प्रदेश सरकारले प्रदेश भर जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेका थिए ।

