मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) मकवानपुरको संगठन बिस्तार तथा जनपरिचालन अन्तर्गत ३ महिने अभियान सुरु गरेकाे छ ।
पार्टी केन्द्रीय निर्देशन अनुसार जिल्लाका सबै पालिका र वडाहरुमा संगठन बिस्तार तथा जन परिचालन अभियान सुरु गरिएको पार्टीले जनाएको छ । शुक्रबार हेटौंडामा भएको जिल्ला कमिटि बैठकले मकवानपुरका दश वटै पालिकामा संगठन बिस्तार गर्नकाे लागि जिम्मेवारी समेत तोकिएको छ ।
पार्टीले संगठन सुद्धिढीकरण अभियान लाई माघ देखि चैत्र सम्म सञ्चालन गर्नका लागि जिल्ला कमिटिका उपसचिब किशोर टण्डन र कबिन पन्तको टोलीलाई निर्वाचन क्षेत्र नम्बर १ मा तथा उपसचिव बेगम बराल र किरणमान बलको टोलीलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी दिर्दै संगठन बिस्तार तथा जनपरिचालको जिम्मेवारी दिएको छ ।
बैठकले जिल्ला दश पालिका तथा जनसंगठनहरुमा अभियानलाई सञ्चालन गर्न संयोजक तथा सदस्यहरु तोकेको छ । पार्टीले अभियानलाई पालिकामा लैजानका लागि बागमतीमा नारायण तिमसिल्ना, बकैयामा कबिन पन्त, मकवानपुर गढीमा कृष्णबहादुर राई, इन्द्रसरोवरमा ध्रुर्वबहादुर भूजेल, थाहा नगरपालिकामा किरणमान बल, भिमफेदीमा किशोर टण्डन, कैलाशमा रामकुमार एलन, राक्सिराङ र मनहरीमा भूमिनन्द अर्याल र हेटौंडा उपमहानगरपालिकामा पार्टी जिल्ला अध्यक्ष बिष्णुप्रसाद दाहाल संयोजक रहेको टोली परिचालन गर्ने भएकाे हो ।
त्यस्तै जनबर्गिय संगठनतर्फ युवा संघमा माधब तिमल्सिना, बिद्यार्थीमा अरुण बतौंला, अनेम संघमा बेगम बराल, जनसास्कृतिक मञ्चमा शान्ती प्रिय बन्दनालाई जिम्मेवारी तोकिएको नेकपा एस मकवानपुरका सचिब ध्रुर्वबहादुर भुजेलले जानकारी दिए । जिम्मेवारी प्राप्त संयोजक तथा निर्वाचन क्षेत्र नम्बरको जिम्मेवारी पाएकाहरुले गरेको पार्टीको संगठन बिस्तार तथा जनपरिचालनको कामको अनुगमन तथा आवश्यक सहजिकरण पार्टिका केन्द्रीय स्थाई कमिटि सदस्य तथा जिल्ला इन्चार्ज ललितबहादुर बस्नेत सहितको टोलीले गर्ने उनले बताए ।

