मकवानपुर । मकवानपुर प्रहरीले लागू औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा १२ तिनताप्के स्थित भित्री सडक खण्डमा लागू औषध कारोबार भएको भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरीले लागू औषध सहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले स्थानीय २१ बर्षिय अबिन थिङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लागू औषध नुरफिन ५० एम्पुल, डाईजोपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल फेला परेको बताएको छ ।
यसैगरी अर्का स्थानीय ३४ बर्षिय प्रताप घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ । घलान प्रहरी देख्ना साथ भाग्न खोज्दा तत्काल नियन्त्रणमा लिएर खोजतलास गर्दा घलानको घरको शौचालय माथि लुकाई राखेको नुरफिन ५४ एम्पुल, डाईजोपाम ६३ एम्पुल, फेनारगन ५७ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ ।
थिङ र घलानलाई लागू औषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरी जनाएको छ ।

