मकवानपुर । मंसिर ४ गतेकाे प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनकाे लागि लागू भएकाे आचार संहिता मंसिर २६ गतेबाट हटाइने भएकाे हाे । गत असाेज १२ गतेदेखि नेपाल राज्यभर लागू रहेकाे निर्वाचन आचार संहित निर्वाचन आयाेगले हटाउने भएकाे हाे ।
मन्त्रिपरिषद्को गत ४ साउनकाे निर्णयबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन मंसिर ४ गते एकै पटक गर्ने निर्णय गरे पछि निर्वाचन कानूनले दिएकाे अधिकारकाे प्रयाेग गर्दै निर्वाचन आचार संहिताऽ २०७९ जारी भएकाे थियाे । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम मिति २०७९/०६/१२ देखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता संवत् २०७९ साल मङ्सिर २६ गतेदेखि लागू नरहने निर्णय निर्वाचन आयोगले गरेको छ ।
साडे २ महिना लागू भएकाे निर्वाचन आचार संहिता मङ्सिर २६ गतेदेखि लागू नरहने आयोगले गरेको निर्णयकाे जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ आयाेगले जनाएकाे छ ।

