मकवानपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगतकाे समानुपातिक तर्फकाे मत गणना सकिए लगत्तै दलहरुले समानुपातिक सांसद चयन गरेका छन् । निर्वाचनमा भएकाे मतदानमा समानुपातिककाे सदर मतकाे ३ प्रतिशत बढी ल्याउने दलहरुकाे लागि समानुपातिक सांसद संख्या निर्वाचन आयाेगले ताेकेकाे आधारमा दलहरुले सांसद चयन गरेका हुन् ।
आयोगले मंसिर २१ गते दलहरुले प्रतिनिधि तथा प्रदेश सभा तर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्या ताेकेकाे थियाे । सोही अनुसार दलहरुलाई समानुपातिक बन्द सूचीमा रहेका मध्येबाट सांसदकाे नाम सिफारिस गर्न ३ दिनकाे समय दिएकाे थियाे । आयाेगकाे निर्देशन बमाेजिम दलहरुले समानुपातिक चयन गर्दै सिफारिस गरेका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेश सभा र प्रतिनिधिसभाको नाम सिफारिस गरेर पठाउन शनिबारसम्मकाे म्याद दिएको थियो । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।
कांग्रेसले सिफारिस गर्याे ३२ सांसद
नेपाली कांग्रेसले समानुपातिकतर्फ ३२ संघीय सांसदको टुंगो लगाएको छ । शनिबार कार्यसम्पादन समितिको बैठकबाट समानुपातिकमा सिफारिस भएका उम्मेदवार मध्ये ३२ जनाको नाम टुंगो लगाएको हो । समानुपातिकतर्फ २९ महिला र ३ जना पुरुषको नाम टुंगो लगाएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको थियो ।
काँग्रेसले सिफारिस गरेकाे नामावली
आदिवासी जनजातितर्फ :
१. सरस्वती बजिमय २. लिलादेवी बोखिम ३. सिता कुमारी राना ४. सुशीला थिङ ५, सपना राजभण्डारी ६ माया राई ७. कुसुम थापामगर ८ मनोरमा सेरचन
खस आर्यतर्फ
१. अम्बिका बस्नेत २. सरिता प्रसाईं ३. आरजु राणा देउवा ४. ईश्वरी न्यौपाने ५. प्रतिमा गौतम ६. मञ्जु खाँण ७. रमा कोइराला पौडेल ८. कान्तिका सेजुवाल ९. मैना रावल कार्की
मधेसी तर्फ
१. नागिना यादव २. मुक्ता कुमारी यादव ३. चन्दा चौधरी ४. संगिता मण्डल ५. निनुकुमारी कर्ण
दलित तर्फ
१. शान्ति विक २. रुपा विक ३. सीता मिजार ४. आशा विक
थारु तर्फ
१ कल्पना चौधरी २. विना कुमारी थनेत
मुस्लिम तर्फबाट
१ जावेदा खातुन् जागा
तीन जना पुरुष विकल्पसहित
१. जीवन परियार २. विमलेन्द्र निधि ३. प्रकाशशरण महत
नेकपा एमालेकाे सिफारिस गर्याे ३४ सांसद
नेकपा एमालेले प्रतिनिधि सभातर्फ ३४ समानुपातिक सांसद चयन गरेको । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ३४ सांसदको टुंगो लगाएको हो । ३४ जनामा १२ पुरुष र २२ महिला रहेका छन् ।
एमालले सिफारिस गरेकाे सांसदकाे नामावली
आदिवासी जनजातितर्फ
पुरुष–
देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई
महिला–
नैनकला थापा,,सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ , सरस्वती सुब्बा
खसआर्यतर्फ–
पुरुष–
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
महिला–
मेनका पोखरेल, सरिता भुसाल,शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा , सुनीता बराल
थारू–
आश्माकुमारी चौधरी, शान्ति चौधरी
दलित–
ईश्वरबहादुर रिजाल,प्रभु हजारा पासवान,चन्द्रबहादुर विश्वकर्मा,रुक्मणी राना बराइली,हर्कमाया विश्वकर्मा
मधेशी–
गंगाप्रसाद यादव,,अमृतलाल राजवंशी, विना देवी,अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया
मुस्लिम
सराज अहमद खान
माओवादी केन्द्रले छान्यो १४ सांसद
माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातितर्फ १४ सांसदको टुंगो लगाएको छ । केन्द्रले १४ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
माओवादीले सिफारिस गरेकाे सांसदकाे नामावली
खसआर्यतर्फ
हितराज पाण्डे, विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा
आदिवासी जनजातितर्फ
दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ
मधेसीतर्फ
मिना यादव र उमरावती देवी यादव,
दलित पुरुषमा
रणेन्द्र बराली
महिलातर्फ
सुशीला श्रीपाली ठकुरी
थारु महिलातर्फ
रुपा सोसी चौधरी
मुस्लिम महिलातर्फ
कल्पना मियाँ
जनमत पार्टीले गर्याे सांसद सीफारिस
जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ ५ सिट प्राप्त गरेको थियो ।
पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा मधेसीतर्फ अनिता साह र वशन्तकुमार कुशवाहा आादीवासी जनजातितर्फ सोनु मुर्मर र बिनिताकुमारी सिंह खस आर्यतर्फ गोमा लामा सापकाेटा मुस्लिम तर्फ अब्दुल खानलाई सिफारिस गरेको छ ।
जनमत पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा मधेस प्रदेशमा छ र लुम्बिनीमा एक गरी सात प्रदेशसभा सदस्य जितेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ समानुपातिक सांसद
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामावली टुंग्याएको छ । शनिबार बसेको बैठकले समानुपातिकको नामावली टुंग्याएको पार्टीकी नेतृ निशा डाँगीले जानकारी दिइन् ।
अन्तिम नामावली बुझाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता निर्वाचन आयोग पुगिसकेको उनले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा सिट पाएको थियो ।
समानुपातिक सूचीमा परेको नामावली
दलित
सन्तोष परियार र शिव नेपाली
आदिवासी÷जनजाति
डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ
खस आर्य
डा. चन्दा कार्की, डोलप्रसाद अर्याल र निशा डाँगी
मधेसी
लक्ष्मण तिवारी र मनिष झा
थारू
अशोककुमार चौधरी
दलित महिला
कल्पना रोक्का
पिछडिएको वर्ग महिला
विनीता कठायत
राप्रपाबाट ७ समानुपातिक सांसद सिफारिस
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने उम्मेदवारहरू नाम सिफारिस गरेकाे छ । राप्रपाले नेता पशुपति शम्शेर जबराकाे नाम पहिलाे नम्बरमा सिफारिस गरेकाे छ ।
खस आर्य
पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी
आदिवासी जनजाति
विना लामा र विनिता मगैया
दलित
अनिसा नेपाली
मधेशी
विना जयसवाल
मुस्लिम
नाजीया खातुन
जनता समाजवादी पार्टी (जसपा) नेपालले गर्याे ५ सांसद सिफारिस
जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ । शनिबार उनीहरूको नामावली बुझाएको हो ।
यही मंसिर ४ गते भएको निर्वाचन जसपा प्रतिनिधिसभामा छैटौँ दल बनेको छ । जसपाले समानुपातिकबाट प्रतिनिसभातर्फ पाँच र प्रदेशसभातर्फ नौ सिट जितेको छ ।
जसपाबाट छानिएका सांसद
१. प्रकाश अधिकारी २. सुशीला श्रेष्ठ ३. रेखा यादव ४. रञ्जु ठाकुर ५. सहनाज रहमान
२६ मंसिरमा समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरिने
निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएकाे छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ । समानुपातिकतर्फको सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले ७ दिन भित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाई सक्नुपर्ने कानुनी व्यवस्था रहेकाे छ ।

